वर्षाका कारण नदीपुरमा जारी भलिबल स्थगित, १३ गतेदेखि पुन: सञ्चालन गरिने

पाेखरा | असोज ११, २०८१

वर्षाका कारण नदीपुरमा जारी भलिबल स्थगित, १३ गतेदेखि पुन: सञ्चालन गरिने

पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा नदीपुरमा जारी आठौं पुरुष तथा महिला भलिबल प्रतियोगिता २ दिनको लागि  स्थगित भएको छ ।

 

गत ९ गतेदेखि जारी भलिबल अविरल वर्षाका कारण २ दिनका लागि स्थगित गरिएको प्रतियोगिता संयोजक मनोज खड्काले जानकारी दिए ।

 

उनका अनुसार अब बाँकी खेलहरु १३ गतेदेखि सञ्चालन हुनेछ।

 

संयोजक खड्काका अनुसार पुरुषतर्फ ८ समूह र महिलातर्फ १० टिम सहभागी छन् । 

 

प्रतियोगिताको  विजेता पुरुष समूहले १ लाख ३० हजार र उपविजेताले ८० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

 

त्यसैगरी महिलातर्फ स्थानीय सहित करिब १० क्लबले सहभागिता जनाउने अपेक्षा गरिएको बताउँदै विजेता समूहले ५० हजार रुपैयाँ र उपविजेताले ३० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

 

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्